बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

५१ जना सवार यात्रुवाहक बस दुर्घटनामा हुँदा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बसमा सवार अन्य घाइते १० जनाको घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस