वरिष्ठ क्याप्टेन सेढाईंको अन्त्येष्टि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

वरिष्ठ क्याप्टेन सेढाईंको अन्त्येष्टि


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।  

गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । 

क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको थियो । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।

क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी छन् । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस