हङकङले युएईलाई दियो २१३ रनको विशाल लक्ष्य « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

हङकङले युएईलाई दियो २१३ रनको विशाल लक्ष्य


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा हङकङले युएईलाई जितका लागि २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । हङकङका बाबर हायातले विस्फोटक ब्याटिङ गर्दै १५ बलमै अर्धशतक बनाए ।

मूलपानीमा भइरहेको खेलमा टस जितेर हङकङले पहिले ब्याटिङ रोजेको थियो । ३३ बलमा कप्तान निजकत खानलाई गुमाएको हङकङ त्यसपछि भने खेलमा हाबी भयो । दोस्रो विकेटका लागि मार्टिन कोयट्जी र अंशुमान रथबीच शतकीय साझेदारी भएको थियो । अंशुमान ३५ बलमा ४१ रन बनाएर आउट हुँदा हङकङ १३९/२ को स्थितिमा पुगेको थियो ।

चौथो नम्बरमा क्रिजमा आएका बाबरले युएईका बलरहरूमाथि हमला गरे । उनले २० बलमै ६० रन बनाएपछि हङकङले २ सयको स्कोर पार गरेको हो । उनले ५ छक्का र ५ चौका प्रहार गरे । खेलको १७ औँ ओभरमा बाबरले २७ रन जोडेका थिए ।

ओपनर कोयट्जीले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ८६ रन जोडे । युएईका बलरले हङकङको तीन विकेटमात्र लिन सके ।

Tags :
प्रतिक्रिया दिनुहोस