दुग्ध पदार्थ बिक्रीका लागि बङ्गलादेश, श्रीलङ्का र तिब्बती बजारको खोजी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

दुग्ध पदार्थ बिक्रीका लागि बङ्गलादेश, श्रीलङ्का र तिब्बती बजारको खोजी


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ ।

भारत, बङ्गलादेश, श्रीलङ्का र चीनको स्वशासित क्षेत्र तिब्बतका निजी क्षेत्रसँग छलफल थालिएको दुग्ध विकास संस्थान (डीडीसी) का अधिकारीहरूले बताएका छन् । 

भारतको पटना डेरी, बङ्गलादेश, श्रीलङ्का र तिब्बतका दुग्ध व्यवसायीहरूसँग दुग्ध पदार्थ बिक्रीको प्रस्ताव गरिएको डीडीसीले जनाएको छ । केही मुलुकका निजी क्षेत्रसँग सिधा सम्पर्क गरेर प्रस्ताव पठाएका डीडीसीको भनाई छ । कूटनीतिक च्यानलबाट पनि बजारको सुनिश्चितताका लागि मन्त्रालय र सरकारको पनि ध्यानाकर्षण गराएका जनाइएको छ । 

संस्थानका अनुसार अहिले नेपालबाट एसएमजी, बटर, घिउ र चिजजन्य वस्तु निर्यात गर्न सकिन्छ । अहिले नै डीडीसीले उत्पादन गरेको घिउ जापान, अमेरिका र युरोपका बजारमा निर्यात पनि भइरहेको छ । जापानमा मात्र मासिक ५ हजार किलो घिउ निर्यात हुने गरेको डीडीसीका अधिकारीहरूको भनाई छ ।  

तर नेपाली बजारमा डीडीसीका दुग्ध पदार्थको खपत १५ प्रतिशतसम्म माग घटेको छ । काठमाडौं उपत्यकामा ९ प्रतिशत र बाहिर १४ प्रतिशतले घटेको छ ।

दैनिक ४५ देखि ५० हजार लिटर दूध कन्भर्जन गरेर पाउडर र मख्खन बनाउनु परेको छ, जसले ६० करोडभन्दा बढी पुँजी होल्ड भएको संस्थानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस