भन्सार छलेर ल्याउँदै गरेको करिब पौने २ लाखको सामान बरामद  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सार छलेर ल्याउँदै गरेको करिब पौने २ लाखको सामान बरामद 


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब एक लाख ७५ हजार रुपैयाँ बराबरको सामानसहित बर्दिया प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका-७ भन्सार रोडबाट आइतबार बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारी बरामद गरिएको हो।

भन्सार छलेर ल्याउँदै गरेको सामानसहित प्रहरीले पाँच भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।

उनीहरूले प्रयोग गरेका चारवटा मोटरसाइकल र चारवटा साइकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस