महानवमीका दिन तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महानवमीका दिन तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ ।

हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि भिड लागेको छ ।

मन्दिरमा देशका सबै तिरका भक्तजनहरूले पूजाअर्चना गर्नका लागि आउने गरेको पाइन्छ।

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रूपमा पुज्ने गर्दछन् । 

तलेजुलाई दैवी शक्ति वा मातृ शक्तिका रूपमा  पनि पुजिने  गरिन्छ । 

त्यस्तै, आज देशै भरिका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको देख्न सकिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस