टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ। दसैँको सातौँ दिन फूलपाती, शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ ।

सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गर्‍यो भने सैनिक हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरियो ।

समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश, सभामुख अलगायत सहभागी थिए ।

समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस