वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : वन मन्त्री  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : वन मन्त्री 


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने दिए। कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट समस्याहरू सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

‘संसारमा नभएका जीवजन्तुहरू, जुन हाम्रा सम्पत्ति हुन्, ती हेर्न पर्यटकहरू आउनेछन्। यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ। आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबीचको द्वन्द्व हो।’

Tags :
प्रतिक्रिया दिनुहोस