गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ


३ कार्तिक २०८०, शुक्रबार


विराटनगर । प्रहरीले झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजाको कारोबारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका ६ देउलीकुनाबाट ३८ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेश बहादुर मगर र ३३ वर्षीय वीर बहादुर मगर छन् ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको दमक नगरपालिका ५ सुकुम्वासी टोलबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समीर गजमेर, २४ वर्षीय रोशन माझी, सोही स्थान ६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु छन् ।

समीर गजमेरको घरमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस