बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई


२ कार्तिक २०८०, बिहिबार


मनहरी (मकवानपुर) । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पाएका छन् । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लाग्नुभएको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस