फागुन १ मा जनयुद्ध दिवसको बिदा दिए स्विकार्दैनौँ : गगन थापा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फागुन १ मा जनयुद्ध दिवसको बिदा दिए स्विकार्दैनौँ : गगन थापा


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्व सुरु गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने २०७९ माघ २९ मा निर्णय गरेको थियो। महामन्त्री थापाले आफ्नो पार्टी सामेल नभएको त्यतिवेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने बताएका हुन्। कात्तिक २ गते काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले यो सैद्धान्तिक विषय भएको जिकिर गरे।

“यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ। हामी अघिल्लो सरकारमा थिएनौँ। यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने काँग्रेसले हामी गठबन्धनमा छौँ, यसलाई मान्छौँ भनेर स्वीकार गर्न सक्छ ? सक्दैन,” महामन्त्री थापाले भने, “हाम्रा लागि त्यो सैद्धान्तिक विषय हुन्छ। हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौँ।”

फागुन १ मा बिदा दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वपीडितले दायर गरेको रिट विचाराधीन छ।

Tags :
प्रतिक्रिया दिनुहोस