विश्वकप क्रिकेट : बङ्गलादेशले भारतलाई दियो २ सय ५७ रनको लक्ष्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विश्वकप क्रिकेट : बङ्गलादेशले भारतलाई दियो २ सय ५७ रनको लक्ष्य


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनको लक्ष्य दिएको छ ।

पुनेमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायो । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बङ्गलादेश उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस