पपुलिजमका कारण लोकतन्त्र जोखिममा, मिडियाको भूमिका आवश्यक : गगन थापा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पपुलिजमका कारण लोकतन्त्र जोखिममा, मिडियाको भूमिका आवश्यक : गगन थापा


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पपुलिजमका कारण नेपालमा लोकतन्त्र जोखिममा परेको बताएका छन् । उनले यस्तो बेला लोकतन्त्र रक्षाका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहेको बताए । बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा महामन्त्री थापाले पपुलिजम कुनै राजनीतिक दल वा राजनीतिमा मात्रै समस्याका रूपमा नरहेको बताए ।

‘पपुलिजम नेपालमा मात्रै होइन, अहिले विश्वभरि नै लोकतन्त्रका लागि सबैभन्दा चुनौतीको विषय बनेको छ । यो पपुलिजम फेरि एउटा आकार वा एउटा रङ्ग वा एउटा स्वरूपमा मात्रै आइरहेको छैन । पपुलिस्ट पनि हामी एक पटक एउटा दलको एउटालाई ऊ त्यो फलानोचाहिँ पपुलिस्ट छ भनेर भनिरहेका हुन्छौँ । तर त्यो त्यतिमै सीमित भएको पाइँदैन । यसले राजनीतिलाई मात्रै होइन, यसले मिडियालाई पनि गाँजेको छ,’ थापाले अघि भने, ‘यसले संसद्लाई, हाम्रा संस्थाहरूलाई, अदालतलाई समेत गाँजेको छ । पपुलिजम अब एउटा रोग नै बनिसकेको छ ।’

उनले यस्तो बेला लोकतन्त्रलाई पपुलिजमबाट जोगाउन मिडियाको अर्थपूर्ण भूमिकाको खोजी भइरहेको बताए ।

महामन्त्री थापाले आगामी महासमिति बैठकबाट पार्टी र मुलुकका समस्याहरूलाई समाधानको दिशामा अघि बढाउन नीतिगत रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए । ’

Tags :
प्रतिक्रिया दिनुहोस