सवारी दुर्घटनामा २ जनाको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सवारी दुर्घटनामा २ जनाको मृत्यु


२ कार्तिक २०८०, बिहिबार


विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार झापा र ओखलढुंगामा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

झापाको भद्रपुर नगरपालिका–८ मा बुधबार राति मे ७ प ७७२४ नम्बर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ५१ वर्षीय योगप्रसाद लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ मा बा १५ च ८५७० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा ४५ वर्षीया नरमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएका १८ वर्षीय बिबेक परियार, २९ वर्षीय मनोज कटवाल र २५ वर्षीय निरज कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस