नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको भारतको अनुमति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको भारतको अनुमति 


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । भारतले नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको अनुमति दिएको छ । भारतको वाणिज्य विभागले बुधबार एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । 

भारतले खाद्यान्नको बढ्दो मूल्यलाई इङ्गित गर्दै गत साउनमा बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो ।

भारतको उक्त नीति लगत्तै नेपाली बजारमा चामलको मूल्य बढेको थियो । उच्च मूल्यसँगै आपूर्ति श्रृङ्‍खला बिग्रने डरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई चामल निर्यात सहज बनाउन माग गर्दै पत्राचार पनि गरेको थियो ।

तर, सो आग्रहमा कुनै सुनुवाइ नगरेको भारतलाई मन्त्रालयले पुनः एक लाख मेट्रिकटन चामल उपलब्ध गराइदिन माग गरेको थियो ।

तर, नेपाली बजारमा नयाँ धानबाट चामल उत्पादन सुरु हुने बेलामा भारतले नेपालसहितका ७ देशका लागि बुधवारदेखि कोटा तोकेर चामलको निर्यात फुकुवा गर्ने निर्णय गरेको हो ।

क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलाई समेत भारतले चामल निर्यात गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस