एमालेद्वारा गाजाको अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेद्वारा गाजाको अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले) ले युद्धग्रस्त अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ।

गाजाको अल अहरी अरब अस्पतालमा गए राति रकेट आक्रमण हुँदा पाँच सय जनाभन्दा बढीको हताहत भएको बताइएको छ।

अस्पतालमा इजरायलको आक्रमणबाट घाइते, तिनका कुरुवा, स्वास्थ्यकर्मीहरूको मृत्यु भएको बताइएको छ।

‘गाजाको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौँ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ। हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ।

एमाले शान्तिको पक्षमा रहेको बताउँदै जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने ओलीले बताएका छन्।

‘निहत्था नागरिक अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ। हामी यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ। निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ। साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौँ। यस प्रकारका सबै खाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौँ,’ एमालेले भनेको छ

Tags :
प्रतिक्रिया दिनुहोस