विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पच्छ्याउँदै दक्षिण अफ्रिका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पच्छ्याउँदै दक्षिण अफ्रिका


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २ सय ४६ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिका अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

भारतको धर्मशालामा पानी परेपछि खेल ४३ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २ सय ४५ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले सर्वाधिक नटआउट ७८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसन र कागिसो रबाडाले २/२ विकेट लिए ।

विश्वकपमा आफ्ना दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अङ्कका साथ तेस्रो स्थानमा छ । २ खेलमा दुवै खेल हारेको नेदरल्यान्ड्स पुछारमा छ । अङ्क तालिकामा भारत ६ अङ्कका साथ शीर्ष स्थानमा छ । ६ अङ्क नै भएको न्युजिल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस