लाओसलाई हराउँदै विश्वकप छनोटको दोस्रो चरणमा पुग्यो नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लाओसलाई हराउँदै विश्वकप छनोटको दोस्रो चरणमा पुग्यो नेपाल


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ ।

आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १-० ले हराउँदै समग्रमा २-१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो । नेपालको जितमा मनिष डाँगीले गोल गरे । मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे ।

गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अब नेपालले समूह एचमा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एन्ड अवे का आधारमा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस