आजदेखि खसीबोका बिक्री सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आजदेखि खसीबोका बिक्री सुरु


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री खुला गर्दैछ । ​थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु हुने छ ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार जिउँदो खसी प्रतिकेजी ६८० रुपैयाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६७० रुपैयाँमा बिक्री खुला गरेको छ ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २५० रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो दशैँमा दुई हजारको सङ्ख्यामा खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्दै छ । खसीबोका खरिद गर्न आठ करोड ३६ लाख रुपैयाँ छुट्याएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनादेखि नै खसीबोका ल्याएर बिक्री शुरु गरिसकेका छन् । व्यवसायीले प्रतिकेजी ६७० देखि ६८० रुपैयाँमा बिक्री गरिरहेका छन् । यो वर्ष दशैँमा उपत्यकामा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस