ओलीको दाबी : एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको दाबी : एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार  


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए।

अध्यक्ष ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव केही नरहेको जिकिर गरे। आफूलाई अद्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको उनको तर्क थियो। उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए।

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने जिकिर गरे।

Tags :
प्रतिक्रिया दिनुहोस