कोशीको विद्रोहबारे उपसभापति र महामन्त्रीसँग देउवाको छलफल जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीको विद्रोहबारे उपसभापति र महामन्त्रीसँग देउवाको छलफल जारी


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति, महामन्त्रीहरूको बैठक सुरु भएको छ । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बोलाएका थिए ।

देउवा निवास धुम्वाराहीमा पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् ।

कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि काँग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ । तर, त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस