पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, ८३ जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, ८३ जना पक्राउ


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरु पक्राउ परेका छन् । पठाओ र इनड्राइभरको नाममा अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आइतबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुङ्गेलले बताए ।

काठमाडौँका विभिन्न स्थानहरूबाट अनाधिकृत तवरले सर्वसाधारणहरूलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न राइडरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको बताए ।

उनका अनुसार विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन राइडरहरुलाई कारबाही गरिएको हो ।

पछिल्लो समय अफलाइन सवारी सुरक्षित नहुने भन्दै ध्यानाकर्षण गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस