कोशी प्रदेश सभा बैठक आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेश सभा बैठक आह्वान


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सभाको बैठक कात्तिक १ गते बस्ने भएको छ। असोज २० गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक कात्तिक १ गते ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

कोशी प्रदेश सभा सचिवालयले सोमवार सूचना प्रकाशित गरी प्रदेश सभाको बैठक कात्तिक १ गते बस्ने जनाएको हो। असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बैठकमा मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस