सुदूरपश्चिममा भूकम्पको धक्का महसुस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


२९ आश्विन २०८०, सोमबार


बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस