सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : अष्टलक्ष्मी शाक्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : अष्टलक्ष्मी शाक्य


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् । 

काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेका महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् । “देशमा जात-जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,”उनले भनिन् । 

आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् ।  समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस