ओली प्रतिगमन परास्त गरेर पहिलो पार्टी बन्ने लक्ष्यमा हिँडिरहेका छौँ : प्रकाश ज्वाला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली प्रतिगमन परास्त गरेर पहिलो पार्टी बन्ने लक्ष्यमा हिँडिरहेका छौँ : प्रकाश ज्वाला


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी का उपमहासचिव प्रकाश ज्वालाले पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनेगरी काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

सुर्खेतमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका ज्वालाले पार्टीलाई कमजोर पार्न षड्यन्त्रलाई परास्त गर्दै अगाडि बढिरहेको बताए।

उनले आफूहरूले कर्णालीबाट विद्रोह गरेपछि केपी ओली प्रतिगमन परास्त भएको जिकिर गरे।

उनले भने, ‘बाटो बिराएको संसद, संविधान र राजनीतिले सही बाटोमा हिडाउन हामी सफल भएका हौँ। हाम्रो विद्रोह पछि संसद पुनः स्थापना भयो। त्यसपछि नियमित देशले अर्को आम निर्वाचन भयो। हामीले त्यही विद्रोहको जगमा पार्टी निर्माण गरेका हौँ। हाम्रो पार्टीलाई कमजोर पार्न निर्वाचन आयोगदेखि विभिन्न शक्तिहरू परिचालन गरेर राष्ट्रिय पार्टी बन्नबाट रोक्ने काम भए। त्यस्ता षड्यन्त्रलाई परास्त गर्दै हामी अगाडि बढिरहेका छौँ।’

उनले यो अभियानले पार्टीकाप्रति जनआकर्षण बढेको सुनाए। उनले अहिले सरकारले कर्णालीको विकासलाई प्राथमिकता दिएको बताए।

उनले भने, ‘कर्णालीलाई गरिबी, पिछडिएको प्रदेशका रूपमा चिनिन्छ। सुनको कौचौरामा नुनको भिख मागिरहेको भनेर भनिन्छ। हामीले यस भाष्यलाई बदल्ने सङ्कल्प गरेका छौँ। भोक, रोग र शोकको परिचय बोकेको कर्णालीलाई समृद्ध बनाउने सङ्कल्प गरेका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस