सञ्चालनमा आयो कोटेश्वरस्थित अरनिको यातायात प्रालिको बसपार्क « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सञ्चालनमा आयो कोटेश्वरस्थित अरनिको यातायात प्रालिको बसपार्क


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ ।

आइतबारबाट प्रालिले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौँ महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।

जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातायात प्रा.लि.ले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस