स्वर्गद्वारीमा ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वर्गद्वारीमा ओली


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्युठान आएका छन् । उनी २९ वर्षपछि प्युठान आएका हुन् ।

उनी स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक भए ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने छन् ।

त्यसपछि स्थानीयसँग बिजुवारमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम तय छ ।

यसअघि असोज १६ गते प्युठान आउने तय भएकोमा खराब मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस