हवाई भाडा महँगो भएको भन्दै धनगढी विमानस्थलमै काँग्रेस कार्यकर्ताको विरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हवाई भाडा महँगो भएको भन्दै धनगढी विमानस्थलमै काँग्रेस कार्यकर्ताको विरोध


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । दसैँका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्। 

अरु नियमित समयमा ६ हजार रहेको काठमाडौँ–धनगढी उडानको भाडा दसैँका बेला २० हजारसम्म पुर्‍याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दसैँका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको काँग्रेसका कार्यकर्ताको आरोप छ। 

काँग्रेसका कार्यकर्ताले धनगढी विमानस्थलमा केही वायुसेवा कम्पनीविरुद्ध समेत नाराबाजी गरेका छन्। 

काठमाडौँदेखि सबैभन्दा लामो रुट मानिएको धनगढीमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान छैन। निजी कम्पनीले दसैँका बेला प्रतियात्रु १७ हजार रुपैयाँभन्दा बढी भाडा तोकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस