दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस