शिक्षामा लगानी बढाउन आवश्यक छ : मन्त्री राई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षामा लगानी बढाउन आवश्यक छ : मन्त्री राई


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सतर्कता पूर्वक र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘शिक्षा आफैमा विकास हो । सडक बिजुली चाहिँ विकासको पूर्वाधार र शिक्षा चाहिँ आफै विकास पूर्वाधारको पनि पूर्वाधार । त्यसैले शिक्षामा गरिने लगानीलाई भएको बजेटबाट कति प्रोत्साहन गर्न सकिन्थ्यो होला तर हाम्रो अर्थतन्त्रको कमजोर अवस्था छ । आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सतर्कता पूर्वक आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्छ ।’

उनले अर्थतन्त्र सुदृढ भयो भने स्वतः शिक्षामा लगानी बढ्ने भन्दै अर्थतन्त्र सुदृढ गर्नुपर्ने बताए । मन्त्री राईले अहिले विज्ञान र प्रविधिको विकासले शिक्षाको भाष्य, शिक्षण प्रक्रियाहरू परिवर्तन भएको उल्लेख गरे ।

‘अर्थतन्त्र सुदृढ भयो भने सरकारले शिक्षामा निश्चय रूपमा लगानी नगर्ने कुरा नै छैन । अहिले विज्ञान र प्रविधिको विकासले प्रगतिले शिक्षाको भाष्य पनि फेरिने अवस्था भएको छ । शिक्षणको प्रक्रिया पनि फेरिँदै गएको छ ।’ उनले भने ‘ शिक्षाका भाषा परिभाषाहरू मान्यताहरू धेरै फेरिएर आएछन् । पहिले पढ्न प्रोत्साहन हुँदैनथ्यो अहिले हलो जोत्नुपर्ने शिक्षाको अभिन्न विषयवस्तु रहेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस