इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी


२७ आश्विन २०८०, शनिबार


गाजा/जेरुसेलम । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ ।

‘पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस