काँग्रेस बैठकमा कोइराला अनुपस्थित  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेस बैठकमा कोइराला अनुपस्थित 


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको बैठकमा नेता डा. शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।

सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरुले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि काँग्रेसको कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कोइराला गएनन् ।

यी दुवै विकल्प मान्न तयार नभएपछि बैठक बसेको थियो । तर बैठकमा उनी अनुपस्थित भए । 

प्रधानमन्त्री दाहालले मुख्यमन्त्री चयनमा काँग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र काँग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए । दाहालको सुझावपछि बैठकमै देउवाले कोइरालालाई काँग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।

‘बालुवाटारको बैठकमा सँगै थियौँ । त्यसपछि उहाँ यता आउँछु भन्नुभयो, तर आउनुभएन,’ कोइरालालाई पर्खिएको विषय उल्लेख गर्दै विश्वकर्माले भने, ‘अहिले देखिएको समस्या हल गर्न गठबन्धनबाटै मूलतः दुई वटा प्रस्तावमाथि छलफल भयो, तर उहाँले मान्नुभएन ।’

गठबन्धनका अन्य दलहरू पहिल्यै सहमति भएबमोजिम कोशीको मुख्यमन्त्री काँग्रेसलाई दिन तयार भएका थिए । तर काँग्रेसभित्रै सर्वसम्मत उम्मेदवारको टुङ्गो लागेन ।

कोइरालाको थप विकसित धारणा आइसकेपछि शनिबार त्यसबारे थप छलफल हुने बताइएको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस