कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाए : मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाए : मन्त्री बस्नेत


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरू आफूसँग रिसाएको बताएका छन्।

काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरूको काज फिर्ता गराउन सफल भएको बताए।

उनले आफूसँग रिसाएका नेताहरू दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए। मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवनहरू शिलान्यास भए पनि एउटा पनि उद्घाटन नभएको बताए।

स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको बताउँदै उनले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस