२४ घण्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२४ घण्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घण्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो ।

सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।

महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्बिर तथा भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका छन् ।

सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नु पर्ने छ । जुन गाजापट्टीको आधा जनसङ्ख्या हो ।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरू पनि रहेको बिबिसीले जनाएको छ ।

इजरायलले हमास लक्षित गरी गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टायनी नागरिक मारिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस