४७ सांसदको समर्थनसहित केदार कार्की कोशीको प्रदेश प्रमुखकै कार्यालयमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

४७ सांसदको समर्थनसहित केदार कार्की कोशीको प्रदेश प्रमुखकै कार्यालयमा


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्की ४७ जना प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन्।

एमाले ३९ र काँग्रेसका विद्रोह गरेका ८ जना गरी ४७ जना प्रदेश सभा सदस्यसहित कार्की सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन्।

बिहीबार कार्कीले एमालेको समर्थनमा र माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। सरकारमा दाबी गर्नको लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेसम्म समय दिएका थिए।

दाबीको समय सकिसकेको र अब नियुक्तिको प्रक्रिया सुरु गर्ने समय भएकोले दबाब दिन सशरीर नै उपस्थित भएको काँग्रेसको कार्कीनिकट एक सांसदले बताए। दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस