खुट्टा टेक्ने अवस्था रहेसम्म एमालेमै रहन्छु : भीम रावल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खुट्टा टेक्ने अवस्था रहेसम्म एमालेमै रहन्छु : भीम रावल


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन्।

धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन।’

त्यो अवस्था अझै सिर्जना भएको छैन ? भन्ने प्रश्नमा रावलले अध्ययन गर्दैछ भन्ने जवाफ दिएका छन्।

उनले एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे आफूलाई कुनै जानकारी नभएको बताए।

अधिवेशनका लागि रावलले निमन्त्रणा नगरिएको विषयमा निकै चर्चा भएको थियो। पार्टी नेतृत्वले रावललाई सुदूरपश्चिममै पाखा लगाउन खोजेको कतिपय कार्यकर्ताले बताएका थिए। केही समयअघि भने एमालेले रावलसित संवाद गर्न टोली बनाएको थियो। त्यो टोलीसित एक पटक भेट भएको रावलले बताए। एक पटक पार्टी अध्यक्षसित पनि भेट भएकोबाहेक थप के भयो भन्नेबारे पार्टीबाट जिम्मेवारी पाएका व्यक्तिलाई थाहा हुने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस