कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।

कार्यालयले परिवर्तित ग्रेडसिट लिनका लागि अबको १० दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डको सम्बन्धित कार्यालय मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । कार्यालयको अनुसार प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा १५ दिनभित्र प्रति विषय दुई हजार तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् ।

बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ५०।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस