कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ।

शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध हो।

एक नेताका अनुसार समितिले कोशीको काँग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ।

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित काँग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस