एमसीसी अन्तर्गत ३ वटै प्रसारण लाइनको ठेक्का रद्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमसीसी अन्तर्गत ३ वटै प्रसारण लाइनको ठेक्का रद्द


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । एमसीसी परियोजनाअन्तर्गत बन्ने ३ वटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारण लाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ ।

तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने छ ।

लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । रातमाटे-दमौली ९० किलोमिटर लामो ४ सय केभी निर्माण हुने छ । भने, न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस