राष्ट्रिय सभा नियमावली संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा नियमावली संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो।

समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल रहेका छन्।

त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहेका छन्। त्यस्तै डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन्।

मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखा परेको कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ।

समितिले सदस्यहरू मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ। सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस