युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक


२६ आश्विन २०८०, शुक्रबार


सुन्दरहरैँचा (मोरङ), । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस