इन्द्र आङ्बोले हाम्रो हस्ताक्षर दुरुपयोग गरेको शेखर पक्षका ८ सांसदको दाबी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

इन्द्र आङ्बोले हाम्रो हस्ताक्षर दुरुपयोग गरेको शेखर पक्षका ८ सांसदको दाबी


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ। कोशीमा नेपाली काँग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन् ।

उनीहरूले मुख्यमन्त्री नियुक्तिका लागि काँग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।

आङ्बोले पनि उनीहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको बताएका हुन् ।

कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।

कोशीमा काँग्रेस २९ प्रदेश सांसद छन्, उनीहरूमध्ये ८ जनाले आङ्बोलाई समर्थन नगरेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस