अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२५ आश्विन २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागको कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकीविरद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।

उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा जागिर शुरु गरेर पछि वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस