कालोबजारीलाई सरकारले प्रश्रय दियो : एमाले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कालोबजारीलाई सरकारले प्रश्रय दियो : एमाले


२५ आश्विन २०८०, बिहिबार


सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाएका हुन् ।

उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका उद्योगीहरूसँग अहिले पनि पर्याप्त मात्रामा चिनी छ । त्यो बजारमा आउन सकेको छैन । अहिले कालोबजारी मौलाएको छ । सरकारले त्यस्ता कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यतिठूलो खेलबाड नगरोस् ।’

उनले जनताले पाउने अधिकार कुण्ठित नगर्न सरकारसँग माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस