चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला


२५ आश्विन २०८०, बिहिबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ ।

निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने,’जुधेर गैँडा मरेको हो ।’ चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस