त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्दै क्यान  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्दै क्यान 


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले कात्तिक पहिलो साता त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्ने भएको छ।

आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा सङ्घले त्रिदेशीय शृङ्खला आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगितामा नेपालसँगै युएई र हङकङ सहभागी हुनेछन्।

एक सातासम्म चल्ने प्रतियोगितामा सात वटा खेल हुनेछन्। जसमा ६ खेल मुलपानी क्रिकेट मैदानमा र फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

पहिलो खेलमा कात्तिक १ गते नेपाल र युएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।

कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र युएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र युएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।

त्यसलगत्तै कात्तिक १३ बाट टी-१९ छनोट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस