नेपालीलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालि सक्यो : वर्षमान पुन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपालीलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालि सक्यो : वर्षमान पुन


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताएका छन् ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को केन्द्रीय बैठकमा उपमहासचिव पुनले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे । सरकारले इराकसँग समन्वय गरी आज स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको उनले बताए ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थ सिद्ध गर्ने प्रयास भएकामा उपमहासचिव पुनले आपत्ती व्यक्त गरे । सुनसरीको धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्त्वको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको उनले दाबी गरे ।

गणतन्त्र, सङ्घीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको उपमहासचिव पुनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस