सबै नीतिगत निर्णयहरू अख्तियारलाई छानबिन गर्न दिनु हुँदैन : रघुजी पन्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सबै नीतिगत निर्णयहरू अख्तियारलाई छानबिन गर्न दिनु हुँदैन : रघुजी पन्त


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरू अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले अख्तियारलाई सबै निर्णय छानबिन गर्न दिँदा प्रधानमन्त्री बलियो हुन नसक्ने बताएका हुन् ।

उनले मन्त्रिपरिषद्का निर्णयहरूलाई पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी प्रावधान बनाउन जरुरी रहेको बताए । संवैधानिक ढाँचाभित्र सन्तुलन खोज्दा दुवै पक्षलाई राम्रो हुने उनको भनाइ छ । सांसद पन्तले सबै नीतिगत निर्णय अख्तियारलाई दिन नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस