कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस